२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

अमेरिकालाई इरानको जवाफ : गैरकानुनी दबाब स्वीकार्य छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी तेल कारोबारमा संलग्न देश वा व्यक्तिमाथि कडा कारबाहीको चेतावनी दिएपछि इरानले आफ्ना नीतिमा कुनै परिवर्तन नहुने जनाएको छ ।


शुक्रबार जारी विज्ञप्तिमा इरानी विदेश मन्त्रालयले अमेरिकाले लगाएको प्रतिबन्धलाई ‘गैरकानुनी’ भन्दै निन्दा गरेको छ । 'यस्ता दबाबले अन्तर्राष्ट्रिय कानुनमा आधारित हाम्रो वैध अडानमा कुनै असर गर्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।



ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत ‘इरानी तेल वा पेट्रोकेमिकल उत्पादनको सबै खरिद बन्द हुनुपर्छ’ भन्दै उल्लङ्घन गरेमा कडा प्रतिबन्धको चेतावनी दिएका थिए ।

ओमानले ‘व्यवस्थापकीय कारण’ देखाउँदै अमेरिका–इरान आणविक वार्ताको अर्को चरण स्थगित भएको जानकारी दिएको छ । नयाँ मिति आपसी सहमतिमा घोषणा गरिने बताइएको छ ।



अब्बास अराघची नेतृत्वको इरानी प्रतिनिधिमण्डलले न्यायोचित र सन्तुलित सम्झौताका लागि तयारी रहेको जनाएको छ ।



  • प्रकाशित मिति : १९ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया