सबै प्रदेशमा जलविद्युत्, उज्यालो नेपाल बनाइने, उर्जामा ८३ अर्ब

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत कम पुगेका प्रदेशहरुमा यो वर्ष विद्युत् पुराएर ती क्षेत्रलाई पूर्णरुपमा अन्धकारमुक्त क्षेत्र घोषणा गर्ने बताएका छन् । उनले छरिएको नेपालको पानी जनताको लगानीलाई १८ आयोजना निर्माण बढाउने बताएका छन् । 

उनले कर्मचारीलाई पनि यी जलविद्युत्का लागि सेयर दिने बताएका छन् । उनले जलविद्युत्मा विशेष प्राथमिकता राखिएको बताएका छन् । 

विद्युत्को आन्तरिक खपत तथा वितरणका लागि प्रदेशीय प्रसारणको सुदृढीकरण गरिने पनि बताएका छन् । 

उनले ढल्केवर सबस्टेसन पनि सन्चालनमा ल्याउने बताएका छन् । विद्युत् वितरण प्रणालीलाई सुधार गर्ने पनि बताएका छन् । उनले वैकल्पिक ऊर्जाको विकासमा पनि नीजि क्षेत्रमा पनि प्रोत्साहन गर्ने कार्यक्रम गर्ने बताएका छन् । उनले नवीकरणीय ऊर्जामा विशेष ध्यान दिएका छन् । 

उनले तराइमा गुइँठालाई प्रतिस्थापनक गर्ने पनि बताएका छन् । विद्युत् नियमन आयोगलाई बलियो बनाउने पनि उनले बताएका छन् । ऊर्जा क्षेत्रका लागि ८३ अर्ब ४४ करोड छुट्ट्याएको बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १७:१८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया