१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

सहिद परिवारका सदस्य मधेसको गृह मन्त्रालय अगाडि धर्नामा, के हो गुनासो ?

मधेस प्रदेशका आठ वटै जिल्लाका सहिद परिवारका सदस्यहरूले मधेस प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका छन् । विभिन्न गुनासो लिएर आठ वटै जिल्लाका करिब ३० जना बढी सहिद परिवारका सदस्यहरू आइतबार बिहान १० बजेदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन् । 


उनीहरूले प्रदेश सरकारले आश्वासन दिएर आफूहरूको वास्ता नगरेको आरोप लगाएका छन् । आफूहरूलाई प्रदेश सरकारले जागिर दिए पनि विभिन्न कारण देखाई हटाएको र काम गरिहरेकाहरूलाई पनि एक वर्षदेखि तलब नदिएको गुनासो उनीहरूको छ । 



आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् । 
उनले सहिद प्रतिष्ठान गठन भए पनि विगतमा एक जना सदस्यको मृत्यु भएपछि आफूहरूको समस्या मन्त्रालयसम्म पुगाउने अब कुनै आधार बाँकी नरेको सुनाएका छन् । 

उनले आफूहरूले सदस्यका लागि नाम सिफारिस गरेको दिएतापनि महिनौंदेखि अलपत्र अवस्थामा प्रतिष्ठान रहेको जनाए ।यता गृह सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले सहिद प्रतिष्ठान ऐन आगामि प्रदेश सभामा प्रस्तुत गर्ने र सो ऐन जारी भएपछि सहिद परिवारको सम्पूर्ण समस्या समाधान हुने बताए । 



उनले विगतका सरकारले सहिद परिवारको सदस्यहरूलाई गम्छा र माला लगाई वर्षमा एक पटक आर्थिक सहयोगको नाममा एकदुई लाख रुपैयाँ दिने गरेकोमा त्यसले आंशिक रूपमा सहिद परिवारका सदस्यहरूलाई केही राहत भेटे पनि दीर्घकालीन समाधान नभएको धारणा राखे । 

सहिद परिवारका सदस्यहरूको दीर्घकालीन व्यवस्थापन गर्न सहिद प्रतिष्ठान ऐन आवश्यक रहेको गृहमन्त्री लेखिले जनाए । उनले सो ऐनको सम्पूर्ण कार्य पूरा भइसकेको र अब बस्ने प्रदेश सभाको पहिले बैठकमै उक्त ऐन पेस हुने जानकारी दिए । 



  • प्रकाशित मिति : २१ वैशाख, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया