मधेस प्रदेश सरकारले जानकी नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा वैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मधेस प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक बिदा दिँदै आएको छ ।
जानकी नवमीको अवसरमा देशभरि नै सार्वजनिक बिदा दिनुपर्ने मागसहित हिजो(शनिबार) जनकपुरधामका साधुसन्तहरूले सरकारलाई ध्यानाकर्षण गराउन जुलुस निकालेका थिए ।
त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधबार पनि कविर दास जयन्तीका दिनमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख रहेको छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।