पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि २ अर्ब  ६८ करोड विनियोजन

काठमाडौं– सरकारले नेपाल एकीकरणको वेलामा प्रयोग भएका एेतिहासिक गढी, किल्लाहरु र बाटोहरुको संरक्षण गरी आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषण गरेको छ ।  

पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, धार्मिक पर्यटन, खेलजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकास गरिने भएको छ । 

सुदूरपछिमको दार्चुलादेखि पुर्वको ताप्लेजुङ्सम्म जोड्ने हिमालयन हरित पदमार्ग रेखांकन गरी पूर्वाधार निमाण गरिने भएको छ । 

साहसिक पर्यटनलाइ प्रचारप्रसार गरिने भएको छ । रारा क्षेत्रलाई राष्ट्रिय प्रावधान गन्तव्य बनाइने भएको छ । महाभारतीय पर्वत शृंखलालाई बिदा मनाउन उपयुक्त शीतल आवासको रुपमा विकास गरिने भएको छ । 

पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि सरकारले २ अर्ब  ६८ करोड विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १७:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया