काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले अतिक्रमित सरकारी जग्गालाई सरकारले एक वर्षभित्र सरकारीकरण गरिने बताएका छन् ।
प्रतिनिधिसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६÷२०७७ का लागि बजेट प्रस्तुत गर्दे सो कुरा बताएका हुन् । माफिया तथा विभिन्न गिरोहले मिचेर व्यक्तिको नाममा ल्याएका सरकारी जग्गालाई सरकारी गर्न लागिएको उनले बताए ।
त्यस्तै उनले तराई मधेस सिँचाइको लागि ९६ करोड बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले मुक्त कमैया तथा हलियाहरूको बसोबास आगामी वर्षभित्र व्यवस्थित गरिने बताए ।
यसका साथै उनले भूमिहीन र सुकुम्बासीको लागि पनि आगामी वर्षभित्रै बसोवासको व्यवस्था गरिने र भूमि ऐनलाई दिगोपन गराइने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।