२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

ज्ञानेन्द्र शाहीको आरोप- सरकारले ‘राज्य आतङ्क’ मच्चायो

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आतङ्क’ मच्चाएको आरोप लगाएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको घटनामा मानव अधिकार चरम उल्लङ्घन भएको समेत बताए । 


उनले भने, ‘सरकारले राज्य आतङ्क अत्यधिक ज्यादा गरेको छ । ४० दिनदेखि रवीन्द्र मिश्रलगायतका साथीहरू आज पनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकार सङ्गठनहरू र राज्यले मानव अधिकारको गम्भीर उल्लङ्घन गरेका छन् । राज्यलाई म सोध्न चाहन्छु–पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानबिन समिति बनाउनेले सविन महर्जनलाई टाउकोमा गोली हानेर मार्नेले आज न्यायिक छानबिन समिति किन बनाउँदैन ? त्यो न्यायिक छानबिन समिति बनाउन आवश्यक छ ।’



उनले पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानबिन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे । उनले राज्य र सरकारमा बस्ने व्यक्तिले गोली हान्न पाउने पुनः अधिकार यदि राज्यले नै दिएको हो भने आफूहरू पनि सत्तामा पुग्ने बताए ।





  • प्रकाशित मिति : २२ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया