२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

गाजामा सैन्य अपरेशन विस्तार गर्ने इजरायली योजना पारित

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा क्षेत्रमा हमासविरुद्धको सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । बीबीसीका अनुसार, यो योजनामा गाजाको नियन्त्रण लिनेसम्मको तयारी गरिएको छ ।


सेनाले आक्रमणको तयारीस्वरूप हजारौं रिजर्भ सैनिकलाई खटाएको छ । योजनाको उद्देश्य हमासमाथि थप दबाब सिर्जना गर्दै उसको नियन्त्रणमा रहेका इजरायली बन्धकहरूलाई मुक्त गर्नु र हमासलाई पूर्णरूपमा पराजित गर्नु हो ।



यो कार्यान्वयन अर्को हप्ता पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्रै सुरु गरिने बताइएको छ ।

सुरक्षा मन्त्रिपरिषद्ले निजी कम्पनीमार्फत गाजामा मानवीय सहयोग पुर्‍याउने प्रस्ताव पनि सैद्धान्तिकरूपमा स्वीकृत गरेको छ । यसले दुई महिनादेखिको नाकाबन्दीले सिर्जिएको खाद्य अभाव केही हदसम्म न्यूनीकरण गर्ने विश्वास गरिएको छ ।



तर संयुक्त राष्ट्रसंघ र अन्य सहयोगी संस्थाहरूले मानवीय सिद्धान्तको उल्लंघन भएको भन्दै निजी कम्पनीमार्फत सहायता पुर्‍याउन अस्वीकार गरेका छन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा सैन्य अभियानलाई क्रमिक रूपमा जमिनतर्फ विस्तार गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको इजरायली मिडियाहरूले जनाएका छन् । 



  • प्रकाशित मिति : २२ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया