२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

यू-१९ साफ खेल्न भारत जाँदै नेपाली टिम, यस्तो छ खेल तालिका

यही २६ वैशाखदेखि सुरु हुने यू-१९ साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भारततर्फ प्रस्थान गर्दैछ । प्रतियोगिता ४ जेठसम्म भारतको अरुणाचल प्रदेशस्थित युपियाको गोल्डेन जुब्ली रंगशालामा सञ्चालन हुनेछ ।


अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहितका पदाधिकारीहरूले सोमबार टोलीलाई औपचारिकरूपमा बिदाइ गरेका थिए ।



यसपटकको साफ च्याम्पियनसिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ । नेपाल समूह 'बी' मा आयोजक तथा साबिक विजेता भारत र श्रीलंकासँग परेको छ । समूह 'ए' मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।



नेपालले आफ्नो पहिलो खेल २८ वैशाखमा श्रीलंकाविरुद्ध खेल्ने छ । त्यसपछि नेपालले ३० वैशाखमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने खेल तालिका छ ।

नेपाली यू-१९ टोली :

गोलकिपर - भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ

डिफेन्डर - रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का



मिडफिल्डर - कृष्णबहादुर आले, कृष थापा मगर, सरोज डर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का

फरवार्ड - पवन पाख्रिन, धबेन्द्र कुँवर, सुजन डंगोल र प्रसुन तामाङ ।

  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया