गुलमोहर ढकमक्क फूलेपछि वीरेन्द्रनगर सिंगारिएको छ । वीरेन्द्रनगरका सडक छेउमा फूलेका गुलमोहरले सबैलाई आकर्षित गर्छन् ।
ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ । गुलमोहर हरेक वर्ष वसन्त ऋतुमा फुल्ने गर्छ । वीरेन्द्रनगरका कुहिने पानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुलमोहरका रुखहरू छन् ।
घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुलमोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फुलको अवलोकन गर्ने गरेका छन् ।











फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।