१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

ट्रम्पलाई न्यायाधीशको आदेश- १२ हजार शरणार्थी स्वीकार गर्नू

अमेरिकी संघीय न्यायाधीश जमाल ह्वाइटहेडले ट्रम्प प्रशासनलाई करिब १२ हजार शरणार्थीलाई अमेरिका प्रवेश गराउन आदेश दिएका छन् । सोमबारको यो निर्णय ट्रम्पको आप्रवासन नीतिमा ठूलो झट्का मानिएको छ ।


अघिल्लो अपिल अदालतको निर्णयले शरणार्थी प्रवेश प्रणाली रोक्न अनुमति दिएको भए पनि यात्रा योजना भइसकेका र दर्जा पाइसकेका शरणार्थीलाई रोकिन नपाउने बताएको थियो । 



ट्रम्प प्रशासनले भने जनवरीमा कार्यकारी आदेशपछि दुई हप्ताभित्र यात्रा तय गरेका १६० जना मात्रैलाई प्रवेश गराउनु पर्ने दाबी गरेको थियो । तर, न्यायाधीश ह्वाइटहेडले उक्त दाबीलाई खारेज गर्दै भने, ‘सरकारको व्याख्या, नम्रतापूर्वक भन्नुपर्दा, बेइमान व्यवहार हो ।’

यो मुद्दा यहुदी, क्रिश्चियन र लुथरन सहायता संस्थाहरूले दायर गरेका थिए। उनीहरूले सयौं शरणार्थी ट्रम्पको आदेशले अलपत्र परेको बताएका थिए ।



पूर्वराष्ट्रपति जो बाइडेनले भने शरणार्थी पुनःस्थापनाको दायरा विस्तार गरेका थिए, जलवायु आपत्तिका पीडितलाई समेत समावेश गरेर । ट्रम्प प्रशासनले भने आप्रवासीमाथि कडा नीति लिँदै आलोचना खेप्दै आएको छ । 



  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया