राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले विपक्षी नेतामाथि भइरहेको राजनीतिक प्रतिशोधको क्रम नरोकिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टी सभापति रवि लामिछाने, नेता रेशम चौधरी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथिको व्यवहार नियोजित प्रतिशोधको हिस्सा भएको टिप्पणी गरे ।
‘अब सीके राउतप्रति पनि आक्रमण हुन्छ कि भन्ने आशंका गर्नुपरेको छ,’ उनले भने, ‘यो हाम्रो लागि गम्भीर विषय हो, चुप लागेर बस्नेवाला छैनौँ ।’
सांसद झाले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएकोप्रति पनि आपत्ति जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।