२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

पाकिस्तान-भारतबीच तनाव बढ्दै, त्रसित छन् काश्मिरका बासिन्दा

पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्व हुने डरले काश्मिरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् ।


अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।



दुई दक्षिण एसियाली छिमेकीहरू बीच विवादित क्षेत्र काश्मिरलाई विभाजन गर्ने सीमा, नियन्त्रण रेखा नजिकका समुदायहरू सम्भावित द्वन्द्वका कारण त्रसित भएका छन् ।
सैन्य गतिविधि बढ्दै गएपछि आजाद काश्मिरका मानिसहरूले खाद्यान्न र आवश्यक वस्तुहरूको भण्डारण गर्न थालेका हुन् । स्थानीय सरकारले सबैभन्दा जोखिममा रहेका गाउँहरूमा आपूर्ति व्यवस्थापनमा काम गरिरहेको छ ।

‘हामीले ठूलो मात्रामा गहुँ, दाल, चिनी, चामल र तेल भण्डार गरेका छौं,’ एक किनमेल गर्ने साहिद अलीले भने । ‘सरकारले कुनै पनि समयमा जे पनि हुन सक्छ, भनेको छ र मैले किन्न सक्ने सबै आवश्यक चीजहरू, केही गहुँ र थोरै तेल किन्न आएको हुँ,’ स्थानीय बासिन्दा मुहम्मद सलीमको भनाई छ । 



काश्मिरमा दुर्गम र हिउँले घेरिएका क्षेत्रहरूमा जाडोको लागि पीठो भण्डारण गर्ने गरिन्छ । तर सीमापार तनाव बढ्ने खतरा बढ्दै जाँदा, पाकिस्तानी सरकारले अब पहुँचयोग्य क्षेत्रहरूमा पनि भण्डारण विस्तार गर्दैछ, आपूर्ति केन्द्रहरूलाई स्थानान्तरण गर्ने तयारी गरेको छ ।

भारत नियन्त्रित काश्मिरको पहलगाम शहर नजिकैको प्रमुख पर्यटकीय स्थलमा अप्रिल २२ मा भएको आक्रमणबारे भारतले पाकिस्तानलाई दोष लगाउने गरेको छ । जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर भारतीय पक्षको आरोपलाई पाकिस्तानले दृढतापूर्वक अस्वीकार गरिरहेको छ ।



  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया