२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

देवेन्द्र पौडेलको आरोप- सरकारले नीति कार्यक्रमसमेत पुरानै कपिपेस्ट गर्‍यो

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पुरानै कपिपेस्ट ​भएको भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् ।


उनले भने, ‘पहिलाका केही कार्यक्रमहरूमा रि प्याकेजिङ गरेर २०८२/८३ को  नीति कार्यक्रममा स्टिकर टाँसिएको छ । सार्वजनिक नीति प्रवाह, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, नागरिक एप्स, अनलाइन कर प्रणाली, डिजिटल फाउन्डेसन, साइबर सुरक्षा, डिजिटल नेपाल र बैङ्क प्रणालीजस्ता विषय गत वर्षको नीति तथा कार्यक्रममा समावेश थिए, अहिले त्यसलाई कपी गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न सकेको छैन ।’



उनले नीति तथा कार्यक्रमले राष्ट्र निर्माणका निम्ति दृढ सङ्कल्पलाई समेट्नुपर्ने उल्लेख गरे । उनले चालु आर्थिक वर्षकै राष्ट्रिय गौरवका आयोजना बजेट अभावका कारण ठेक्कामा समस्या परेको बताए । 





  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया