१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

ट्रम्प र कार्नी उच्चस्तरीय बैठकका लागि तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीबीच मंगलबार पहिलो उच्चस्तरीय द्विपक्षीय वार्ता हुँदैछ । कार्नीको निर्वाचनपछि दुई छिमेकी राष्ट्रबीचको सम्बन्धमा नयाँ पाटो सुरु हुन लागेको संकेत दिइएको छ ।


६० वर्षीय लिबरल पार्टी नेता कार्नीले आफ्नो कार्यकालको पहिलो अमेरिकी भ्रमणमा ट्रम्पसँग ह्वाइट हाउसमा भेट्ने तय भएको हो । उनले यसअघि ट्रम्प प्रशासनका भन्सार नीतिको आलोचना गर्दै संयुक्त राज्य अमेरिका–क्यानाडा सम्बन्ध पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएका थिए ।



कार्नीको नेतृत्वमा क्यानाडाले अमेरिकासँगको सम्बन्धमा ‘निरन्तर बढ्दो एकीकरणको युग समाप्त भएको’ भन्दै अब नयाँ किसिमको साझेदारी आवश्यक रहेको बताएका छन् । उनले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो राजनीतिक–आर्थिक पुनर्संरचनाको संकेत गरेका छन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पले कार्नीलाई ‘धेरै राम्रो सज्जन’ भनेका छन् । तर, सोमबार पत्रकारहरूसँग बोल्दै उनले कार्नीको भ्रमणको स्पष्ट उद्देश्य आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए ।  



ट्रम्प प्रशासनले क्यानाडा र मेक्सिकोमाथि २५ प्रतिशतको सामान्य भन्सार शुल्क, साथै अटो उद्योगमा क्षेत्रीय लेभीहरू लगाएको छ । केही शुल्क भने वार्ताका लागि हाल निलम्बनमा राखिएका छन् ।

क्यानडाका प्रधानमन्त्री कार्नीले अमेरिकासँग ‘सर्वोत्तम सम्झौता’का लागि दृढ भएर वार्ता गर्ने अठोट दोहोर्याएका छन् । ‘हामी हाम्रो दीर्घकालीन हितलाई सुरक्षित गर्दै नयाँ आधारमा सहकार्य गर्न चाहन्छौं,’ उनले भनेका छन् ।

ट्रम्प प्रशासनभित्रका शक्तिशाली पात्रहरूले भने समझदारी सहज नहुने संकेत दिएका छन् । वाणिज्यमन्त्री हावर्ड लुटनिकले फक्स बिजनेससँगको अन्तर्वार्तामा क्यानडाको ‘समाजवादी शासनले अमेरिकालाई पोषण दिइरहेको’ भन्दै सम्झौतामा पुग्न ‘साँच्चिकै जटिल’ हुने दाबी गरेका छन् । 



  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया