२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा ओलीको दोष छैन, हाम्रो गठबन्धन मजबुत छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन् ।  


विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका हुन् ।



उनले भने, ‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ । गठबन्धनमा कुनै समस्या छैन । अहिले राष्ट्र बैंकको गभर्नरको विषयमा हामीबीच कुनै समस्या  छैन । गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्क भित्रकै समस्याले हो । ओलीको कारणले होइन ।’

साथै उनले वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत्, बैकिङ् लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गठबन्धन सरकारले गरेको उल्लेख गरे ।



उनले भने, ‘नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले २०४६ सालपछि आर्थिक विकासमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत्, बैकिङ्लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको पनि छ । पार्टी संलग्न रहेको वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी छ ।’



  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया