२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

हमासले भन्यो- स्थायी युद्धविरामबिना संवाद असम्भव

इजरायलले प्रस्ताव गरेको अस्थायी युद्धविरामलाई हमासले अस्वीकार गर्दै स्थायी समाधान बिना कुनै पनि वार्तामा सहभागी नहुने चेतावनी दिएको छ ।


सिन्ह्वा समाचार एजेन्सीसँग कुरा गर्दै हमासका एक वरिष्ठ नेताले भने, ‘इजरायलले अस्थायी युद्धविरामपछि पुनः आक्रमण गर्ने योजना बनाएको छ, त्यसैले हामी त्यसमा सहमत हुन सक्दैनौँ ।’ उनका अनुसार हमासले मध्यस्थकर्तामार्फत इजरायली प्रस्तावको अस्वीकृति आधिकारिकरूपमा पठाइसकेको छ ।



इजरायलले २ मार्चदेखि गाजामा वस्तु र आपूर्ति प्रवेशमा रोक लगाएपछि मानवीय संकट चुलिएको छ । संयुक्त राष्ट्रसंघले गाजामा विशेष गरी बालबालिकाबीच तीव्र कुपोषण देखिन थालेको भन्दै गम्भीर चेतावनी दिएको छ ।

हमासले इजरायलमाथि गाजावासीलाई सामूहिकरूपमा भोकमरीको सिकार बनाउने प्रयास गरेको आरोप लगाएको छ ।



यहीबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा सैन्य कारबाही थप तीव्र बनाउने योजना घोषणा गरेका छन् । सुरक्षा मन्त्रिपरिषदबाट पारित योजनाअनुसार गाजाको दक्षिण भागमा जनसङ्ख्या सार्ने र राहत व्यवस्थापन सैनिक नियन्त्रणमा राख्ने लक्ष्य लिइएको छ ।

सन् २०२३ अक्टोबरदेखि जारी इजरायली कारबाहीमा हालसम्म ५२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको पुष्टि भएको छ । 



  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया