२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

पाँच वर्ष एउटै सरकार भएको भए समृद्धिको सपना पूरा हुन्थ्यो : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको विकल्प अन्य कुनै शासन व्यवस्था हुन नसक्ने स्पष्ट पारेका छन् ।


टीकापुरमा सुरु भएको एमालेसम्बद्ध भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले भने, ‘जनताको अधिकार सुनिश्चित गर्ने र जनचाहनाअनुसार विकासको दिशा तय गर्न लोकतन्त्र अपरिहार्य व्यवस्था हो ।’



हाल कतिपय व्यक्तिले राजतन्त्रको बहस उठाइरहेको भन्दै उनले त्यो चर्चा परिवर्तनपछिको चेतना र समयको माग नभएको दाबी गरे । ‘राजतन्त्र लोकतन्त्रको विकल्प हुन सक्दैन,’ महासचिव पोखरेलले भने, ‘हाम्रा सबै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको जग लोकतन्त्रमै आधारित छ ।’  

राजनीतिक अस्थिरता बढ्दै गएपछि प्रतिक्रियावादी शक्तिहरू सक्रिय हुन थालेको उल्लेख गर्दै उनले देशको समृद्धिका लागि स्थिरता अपरिहार्य रहेको तर्क गरे । 



‘हामीकहाँ पाँच वर्षभित्र पाँचभन्दा बढी सरकार बनेका छन्, सयौं मन्त्री फेरिए,’ पोखरेलले भने, ‘यदि पाँच वर्ष एउटै नेतृत्वमा स्थिर सरकार बनाएको भए, विकास र समृद्धिका सपनालाई व्यवहारमा उतार्न धेरै सहज हुन्थ्यो ।’

संसदमा रहेका दुई प्रमुख दलबीच सहकार्य गरेर राजनीतिक स्थायित्व कायम गर्न खोजिएको पनि उनले बताए । 



  • प्रकाशित मिति : २३ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया