२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही, के भन्छन् पाकिस्तानी प्रधानमन्त्री ?

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाहीअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणको योजना र निर्देशन भइरहेको थियो ।


यो कारबाही २२ अप्रिलमा भारत-नियन्त्रित काश्मिरमा भएको आक्रमणपछि गरिएको हो ।



भारतस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।’

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । उनले बलियो जवाफ दिने चेतावनी पनि दिएका छन् ।  



संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।’ 



  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया