२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

पाकिस्तानी रक्षामन्त्रीको आरोप : भारतले सर्वसाधारणमाथि आक्रमण गर्‍यो

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् ।


बीबीसी उर्दूसँग कुरा गर्दै उनले भनेका छन्, ‘भारतले आतंकवादी लुकेका स्थानहरूमा प्रहार गरेको दाबी गरिरहेको छ । तर, म अन्तर्राष्ट्रिय समुदाय र मिडियालाई आग्रह गर्छु- स्वयम् आएर हेरेऊन्, ती स्थानहरू साँच्चै आतंकवादीको आश्रयस्थल थिए कि सामान्य बस्ती ।’



आसिफका अनुसार आक्रमणमा दुईवटा मस्जिदसमेत प्रभावित भएका छन् । 

‘एक बालक सहिद भएको छ । एक महिला पनि सहिद भएकी छन्,’ उनले भने, ‘हाल मसँग सहिदहरूको अन्तिम विवरण छैन । तर, हालसम्म पुष्टि भएका सातवटा निशानामध्ये दुई काश्मिरमा र पाँच पाकिस्तानभित्र छन् । ती सबै सर्वसाधारण रहेका स्थानहरूमा थिए ।’



पाकिस्तानी सेनाले पनि भारतीय आक्रमणमा सातजनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये दुई बालबालिका रहेको जानकारी सेनाले दिएको छ । 



  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया