१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

‘अप्रेसन सिन्दूर’ पछि उडानहरू प्रभावित, एयरलाइन्सले भने- सतर्कता अपनाउनू

भारतले ‘अप्रेसन सिन्दुर’ सुरु गरेसँगै विभिन्न भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् । यसले गर्दा जम्मू, श्रीनगर, लेह, अमृतसर, चण्डीगढ़लगायत उत्तर भारतका थुप्रै क्षेत्रमा उडानहरू रद्द वा प्रभावित भएका छन् । 


एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्मका लागि जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटका सबै उडानहरू रद्द गरेको जनाएको छ । साथै, अमृतसरका दुई अन्तर्राष्ट्रिय उडानहरूलाई दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।



स्पाइसजेटले धर्मशाला, जम्मू, श्रीनगर, अमृतसर र लेहका विमानस्थलहरू अर्को सूचनासम्म बन्द गरिएको जानकारी दिएको छ ।

त्यस्तै, इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालातर्फका उडानहरू प्रभावित भएको जनाएको छ ।



तीनवटै एयरलाइन्सले यात्रुहरूलाई यात्रा अघि उडानको स्थिति बुझ्न सुझाव दिएका छन् । 



  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया