२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नीति तथा कार्यक्रममाथि आज पनि छलफल, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
फाइल तस्बिर

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै छन् । आजको प्रतिनिधिसभा र राष्ट्रिय बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।


सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदै छन् ।



राष्ट्रिय सभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले राससलाई बताए । 





  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया