१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

भारतद्वारा पाकिस्तानमा आक्रमण : ९ आतंकवादी ठेगानामा निशाना, ३० जनाको मृत्यु

पहलगाममा भएको जङ्गी आक्रमणको जवाफस्वरूप भारतले पाकिस्तानमा कडा प्रतिक्रिया दिएको छ । बुधबार बिहान पाकिस्तान अधिकृत काश्मिरमा भारतले गरेको हवाई कारबाहीमा कम्तीमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।


'अप्रेशन सिन्दूर' नाम दिइएको यस कारबाहीमा भारतले ९ वटा आतंकवादी गढलाई लक्षित गरी एयर स्ट्राइक गरेको हो ।



झण्डै १५ दिनअघि जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो । सो घटनापछि भारतले पाकिस्तानको भित्री भागमा रहेका आतङ्कवादी संरचनालाई लक्षित गर्दै जवाफी कारबाही गरेको हो ।

बुधबार बिहान करिब पौने २ बजेको समयमा पाकिस्तान अधिकृत काश्मिरमा सञ्चालन गरिएको यस कारबाहीमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा लक्षित बम वर्षा गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।



पाकिस्तानी स्थानीय मिडियाका अनुसार बहावलपुरमा मात्र ३० जनाको मृत्यु भएको छ भने भारतको एएनआई न्यूज एजेन्सीका अनुसार लश्कर-ए-तोइबा र जैश-ए-मोहम्मदका मुख्यालयहरू नष्ट गरिएको दाबी गरिएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेशन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा मिसाइल प्रहार गरेको जानकारी दिएका छन् ।

एएनआईका अनुसार अप्रेशन सिन्दूर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको हो । भारतीय सेनाले यस कारबाहीमा कुनै पनि पाकिस्तानी सैन्य प्रतिष्ठानलाई लक्षित नगरिएको स्पष्ट पारेको छ । 



  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया