१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

बाथरुममा लडेर प्रचण्ड घाइते, अवस्था सामान्य
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएपछि अस्पताल भर्ना गरिएको छ । अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।


गएराति करिब १२ बजेतिर ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएका दाहालको टाउकोमा चोट लागेपछि तीन टाँका लगाइएको छ ।



सिटीस्क्यान रिपोर्ट सामान्य आएको र उनलाई अहिले वार्डमा राखेर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

दाहालको छोरी गंगा दाहालका अनुसार बाथरुममा चिप्लिएर निधारमा सामान्य चोट लागेपछि सतर्कताका लागि अस्पताल भर्ना गरिएको हो । 





  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया