भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । लडाइँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।’
काश्मिरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।