२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

एमाले शीर्ष नेताबीच छलफल : बजेटलाई जनमुखी बनाउनु पर्छ
फाइल तस्बिर

आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा (एमाले)को  शीर्ष तहमा छलफल भएको छ ।  


ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीका शीर्ष नेताहरूबीच  बजेटका विषयमा छलफल भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।  



‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहेक सबै सचिवालयका सदस्यहरू बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा   बजेटलाई  जनमुखी बनाउने विषयमा छलफल भयो,’ उनले भने, ‘बजेटले उत्पादन र जनताका समस्या समाधान  केन्द्रित हुनुपर्ने नेताहरूले सुझाव दिनुभएको थियो ।’

उनले यसअघि यही वैशाख २१ गते बसेको सचिवालय बैठकमा सबै सचिवालयका सदस्यहरूले समय अभावका कारण सुझाव दिन नसकेपछि आज बजेटबारे छलफल गरेका थिए ।। 



कार्यालय सचिव डा अधिकारीका अनुसार कृषि, उद्योग, विकास निर्माणको साथै मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव नेताहरूले दिएका थिए ।  



  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया