१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

अहिले सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन, नियन्त्रण नभएको बताएका छन् । 


बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सव समारोहमा उनले ३०, ३५ वर्ष अगाडिसम्म मिडियाहरूलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण नभएको बताए । 



उनले भने, ‘गोरखा पत्रले धेरै उतारचढाव देखेको छ । यही उतारचढावलाई झेल्दै विकास भएको छ । त्यो बेला कति गाह्रो थियो होला सम्पादकीय लेख्न आज त तपाई के सम्पादकीय लेख्नु हुन्छ त्यसमा कहिले सरकारबाट यसो लेख भनेको आएको छ र, प्रधानमन्त्रीबाट कहिले कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण, इसारा भएको छ र, आँखा पनि झिम्काउदैँन् त्यता तिर सरकारले आज त तपाईँहरू जे मनमा लाग्छ त्यही लेख्न स्वतन्त्र हुनु हुन्छ तर ३०, ३५ वर्ष अगाडिसम्म यस्तो स्वतन्त्रता थिएन ।’

उनले अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन भन्ने भाष्य गलत भएको भन्दै गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम नहुने बताए । 



उनले भने, ‘कतिले भन्छन् अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन तर वास्तवमा डिजिटलमा खोज्न गाह्रो हुन्छ, राख्न गाह्रो हुन्छ त्यस कारण यो गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम हुँदैन ।’ 



  • प्रकाशित मिति : २४ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया