भारतले पाकिस्तानमा हवाई कारबाही गरेपछि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ ।
बैठकपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानले आफू अनुकूल समय, स्थान र शैलीमा जवाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ ।
विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको चार्टरको धारा ५१ उल्लेख गर्दै पाकिस्तानले आफ्ना निर्दोष नागरिकको मृत्यु र सार्वभौमिकताको उल्लङ्घनको बदला लिने बताइएको छ । सशस्त्र सुरक्षालाई आवश्यक कारबाही गर्न अधिकार दिइएको जानकारी पनि विज्ञप्तिमा छ ।
पाकिस्तानी जनताले भारतीय आक्रमणप्रति गहिरो आक्रोश प्रकट गर्दै सेनाको साहस र कदमलाई समर्थन गरेका छन् । पाकिस्तानले आफू शान्तिको पक्षधर भए पनि सार्वभौमिकता, क्षेत्रीय अखण्डता र जनताको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
यस्तै, पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई भारतका गतिविधिको गम्भीरता बुझ्न आग्रह गर्दै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनमा भारतलाई जवाफदेही बनाउन माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।