मोदीको सपथ आज, ८ हजार निम्तालु, यी हुँदैछन् मन्त्री

एजेन्सी– भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको सपथ आज (बिहिबार) लिँदैछन् । उनको यो सपथ कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैंकैया नायडुदेखि लिएर भारत र अन्य देशका ८ हजार अतिथिले सहभागिता जनाउँदै छन् । 

भारतको राष्ट्रपति भवनमा यो अहिलेसम्मकै ठूलो कार्यक्रम हुँदै छ । यसअघि सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री पदका लागि सपथ लिँदा मोदीले ३ हजार ५ सय जनालाई बोलाएका थिए ।  

मोदीले यसपटक सार्क देशका प्रमुखलाई भन्दा बिमस्टेक देशलाई प्राथमिकतामा राखेका छन् । उनले ४० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन् । यसपटक मोदीको सपथ कार्यक्रममा मरिससका प्रधानमन्त्री प्रविन्द कुमार, किर्गिस्तानका राष्ट्रपति, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाल सिरिसेना, म्यानमार तथा भुटानलगायतका देशका सरकार प्रमुखले पनि सहभागिता जनाउँदै छन् । 

सन् २०१४ मोदीले आफूसँगै अन्य ४१ मन्त्रीलाई पनि सपथ खुवाएका थिए । तर, यसपटक उनले कसकसलाई मन्त्री बनाउँदै छन् भन्ने खुलिसकेको छैन । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि यसपटक मन्त्रीको जिम्मेवारी सम्हाल्न सक्ने अनुमान गरिएको छ । यसपटक निर्वाचनमा नलडे पनि भारतीय जनता पार्टीकी नेता सुषमा स्वराज नै विदेश मन्त्री हुनसक्ने अनुमान गरिएको छ । राजनाथ सिंहले नै गृहमन्त्रालय सम्हाल्न सक्ने पनि चर्चा चलेको छ । तर, यसबारे प्रष्ट जानकारी आइसकेको छैन । यसअघि मोदीको मन्त्रीमण्डलमा रहेकी स्मृति इरानीले यसपटक पनि मन्त्री पद पाउने अनुमान छ ।






  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार ०:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया