१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

राजावादी एक भइसक्यौँ, अब हामीलाई कसैले टुटाउन र फुटाउन सक्दैनन् : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन् ।


राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने सङ्कल्पका साथ एक ठाउँमा भेला भएको बताएका हुन् ।



उनले भने, ‘आज हामी सबै राष्ट्रवादीहरू, राजावादीहरू, हिन्दुवादीहरू, प्रजातन्त्रवादीहरू एक ठाउँमा एकजुट भएर उभिएका छौँ । केवल एक पटक भाषण गर्नको निम्ति मात्रै मञ्चमा उभिएका होइनौँ । हामीहरू हिन्दु राष्ट्रको र राज संस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने सङ्कल्पका साथ एक ठाउँमा भेला भएका छौँ । हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र टुटाउन फुटाउन सक्दैन ।’

उनले राष्ट्रवादी शक्तिहरू एकताबद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए । उनले हिन्दु राष्ट्रको पुनः स्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे । 



उनले भने, ‘एकताबद्ध भएर हामी चाँडै नै भ्रष्ट व्यवस्था र  भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु राष्ट्र र राजसंस्था  पुनर्स्थापना गरी सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अवस्थासम्म एकताबद्ध रहने छौँ ।’
 



  • प्रकाशित मिति : २५ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया