भारतका विदेशमन्त्री एस जयशंकरले आफ्नो देशविरुद्ध सैन्य कारबाही भएको खण्डमा कडा जवाफ दिइने बताएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटपछि जयशंकरले यो भनाइ सार्वजनिक गरेका हुन् । भारत–इरानमैत्री सन्धिको ७५औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची हाल भारत भ्रमणमा छन् ।
२२ अप्रिलमा जम्मू–काश्मिरको पहलगाममा भएको आक्रमणका बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै जयशंकरले भने, ‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो। हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन ।’
२२ अप्रिलको पहलगाम आक्रमणपछि भारतले ७ मेमा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्दै सीमापार आक्रमण गरेको दाबी गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।