राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी १५ जेठदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने दाबी गरेको छ ।
राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सबैलाई सुनाए,
- जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु– देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह गर्दछु । समय छ सम्झौताको लागि तयारी गर्नुहोस् ।
- नयाँ सम्झौता गरेर अगाडि जानुपर्यो । जहाँ राजादेखि सबै अटाउने व्यवस्था निर्माण गरौं,कसैले देशमा आफू निषेधित भएको महसुस गर्न नपरोस् । सबै अटाउने मौलिक व्यवस्था गरेर देशलाई निकास दिएर जाऊ भनेर प्रस्ताव गरेको हौ ।
- हाम्रो मागलाई अनदेखा गर्नुभयो र दमनको सहारा लिनुभयो अथवा कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउनसक्छ । प्रारम्भदेखि आग्रह छ, बढार्न नपरोस् । अब बल कोर्टमा छ । अरु कुनै दमनको जालझेलको सहारा लिएर होइन । फेरी पनि भन्छु समझदारीमा आउनुस् ।
यसैगरी सोही कार्यक्रम मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा पनि आज कडा सुनिए । उनको कथन थियो,
- आज हामी सबै राष्ट्रवादीहरू, राजावादीहरू, हिन्दुवादीहरू, प्रजातन्त्रवादीहरू एक ठाउँमा एकजुट भएर उभिएका छौं । केवल एक पटक भाषण गर्नको निम्ति मात्रै मञ्चमा उभिएका होइनौँ । हामीहरू हिन्दु राष्ट्रको र राज संस्थाको एजेन्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं ।
- हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र टुटाउन फुटाउन सक्दैन ।
- एकताबद्ध भएर हामी चाँडै नै भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गरी सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अवस्थासम्म एकताबद्ध रहने छौं ।
-
प्रकाशित मिति : २५ वैशाख, २०८२ बिहीबार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।