परराष्ट्र मन्त्रालयले भारत-पाकिस्तान बीचको तनावको सन्दर्भमा नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग एकजुट रहेको जनाएको छ ।
बिहीबारको विज्ञप्तिमा नेपालले सबै प्रकारका आतंकवादी हमलाको निन्दा गर्दै आफ्नो भूमि कुनै पनि विरोधी शक्तिलाई छिमेकी देशविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको छ।
नेपालले दिगो शान्ति र स्थायित्वको लागि आफ्नो अडान पनि स्पष्ट पारेको छ ।
यता भारतले जम्मू–काश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ । भारतीय सेना द्वारा ‘अपरेसन सिन्दुर’ नामक उक्त कारबाही पाकिस्तान–नियन्त्रित काश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा भएको बताइएको छ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।