प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ ।
सत्तारुढ दलका दुई शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
भेटवार्तामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलको पनि उपस्थिति रहेको थियो ।
स्रोतका अनुसार भेटमा हाल रिक्त रहेको राष्ट्र बैंकका गभर्नर नियुक्तिको विषयमा समेत चर्चा भएको थियो । यसअघि पनि प्रधानमन्त्री ओली र सभापति देउवाबीच गभर्नर नियुक्तिको विषयमा छलफल भएको थियो ।
सरकार अझै गभर्नर नियुक्त गर्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।