१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

भारतको जम्मु विमानस्थलमा विस्फोटको आवाज : बजार बन्द, विद्युत् अवरुद्ध

जम्मु काश्मिरस्थित विमानस्थलमा विस्फोट भएको प्रारम्भिक खबरहरू सार्वजनिक भएका छन् । घटनास्थल नजिकैको गुज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बताएअनुसार उनले विमानस्थलको छेउमा करिब १६ वटा वस्तु खसिरहेको देखेका बीबीसी हिन्दीले लेखेको छ ।  


एएफपी समाचार संस्थालाई एक सुरक्षा स्रोतले पुष्टि गर्दै भनेका छन् कि जम्मु विमानस्थल परिसरमै विस्फोट भएका छन् । विस्फोटपछि बजारहरू बन्द भएका छन् । त्यही क्रममा सम्पूर्ण शहरमा विद्युत आपूर्ति पनि बन्द भएको छ । 



एक प्रत्यक्षदर्शीका अनुसार अहिले पनि शहर ब्ल्याकआउटको अवस्थामा छ र सायरनको आवाज सुन्न सकिन्छ । बीबीसीका अनुसार जम्मुका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको छ र सहरभर अन्धकार छ ।

यस्तै, जम्मुबाट झण्डै डेढ घण्टा टाढा रहेको कठुआ जिल्लामा पनि दुई ठाउँमा विस्फोटको आवाज सुनिएको जनाइएको छ । त्यहाँ पनि अहिले विद्युत आपूर्ति बन्द छ । हाल दुवै शहर पूर्णरूपमा ब्ल्याकआउटमा छन् ।  
 





  • प्रकाशित मिति : २५ वैशाख, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया