सधैं सिंहसँग सुत्ने यी पाकिस्तानी

एजेन्सी– घरमा कुकुर, बिरालो मात्र होइन, मुसा र सर्प पालेका कुरा त हामीले देखेका छौँ, सुनेका छौँ । तर, पाकिस्तानको मुल्सानमा रहने जुल्फैकले आफ्नो घरमा नै सिंह पालेका छन् । ३३ वर्षका जुल्कैफ दैनिक यो सिंहसँग मर्निङ वाकमा निस्कन्छन्, सिंहसँग नै सुत्छन् । यतिमात्र होइन, जुल्कैफका दुई वर्षका छोरा पनि सिंहसँग खेलिरहेका हुन्छन् । जुल्फैकले यो सिंहलाई बब्बर नाम दिएका छन् । अहिलेसम्म सिंहलाई कुनै पनि सिक्रीले नबाँधेको उनले बताएका छन् । उनले सम्बन्धित अधिकारीहरुको अनुमति लिएर नै सिंहलाई घरमा राखेका हुन् ।

बब्बरलाई जुल्फेकले ३ लाख रुपैयाँमा किनेका थिए । सिंह पाल्न जुल्फैकले प्रत्येक महिना २ लाखसम्म खर्च हुने गरेको बताएका छन् । तर, बब्बरले अहिलेसम्म आफूले कहाँबाट सिंह किनेको हो भन्नेबारे बताएका छैनन् । उनले सिंह ६ महिनाको हुँदा आफूले ल्याएको र परिवारको सदस्य झैं राखेको चाहिँ बताएका छन् । 

अहिले जुल्फैकको घरमा सिंहसँग सेल्फी लिनेहरुको भीड नै लाग्ने गरेको छ । जुल्फैकले पनि सिंहका लागि एसी फिट गरेर बेडरुम नै बनाएका पनि छन् । उनी त्यही बेडरुममा सिंहसँग सुत्ने गरेको पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७६ बिहीबार ०:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया