२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

पाकिस्तानले भन्यो- हामीले आक्रमण गरेका छैनौँ, भारतले राजनीतिक लाभका लागि प्रचार गर्‍यो

भारतले पाकिस्तानमाथि पठानकोट, जैसलमेर र श्रीनगरमा आक्रमण गरेको आरोप लगाएपछि इस्लामाबादले ती दाबीहरूलाई खारेज गरेको छ ।


पाकिस्तानले ती आरोपहरूलाई ‘गलत, गैरजिम्मेवार र राजनीतिक लाभका लागि बनाइएका’ भन्दै अस्वीकार गरेको हो ।



पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतले झुटो प्रचारमार्फत क्षेत्रीय तनाव बढाउने प्रयास गरिरहेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतले कुनै प्रमाणबिना बारम्बार पाकिस्तानमाथि आरोप लगाउँछ, जसले आक्रमण गर्ने र सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाउने बहाना प्रदान गर्छ ।’



पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतको यस्ता व्यवहारले केवल द्वन्द्व बढाउने र दक्षिण एसियामा स्थायित्व खलबल्याउने काम गर्छ । 



  • प्रकाशित मिति : २६ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया