२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

भारत-पाकिस्तान तनाव चुलिँदो, ठाउँ-ठाउँमा भीषण गोलाबारी

भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलाबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।


पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ । गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन् ।



भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले लगातार युद्ध विरामको उल्लङ्घन गर्दै आएको आरोप लगाएको छ । पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीको विभिन्न स्थानमा आक्रमण गरिरहेको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार, मे ७ तारिख बुधबार बिहान गरिएको हवाई आक्रमणपछि एलओसी क्षेत्रमा भई रहेको गोलाबारीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५९ जना घाइते भएका छन् ।



मृतकमध्ये महिलाहरू, बालबालिका र भारतीय सेनाका लान्स नायक दिनेश कुमार पनि छन् । मिसाइल र ड्रोनका टुक्रा भारतीय राज्य पञ्जाबका विभिन्न जिल्लामा भेटिएपछि त्यहाँ त्रासको वातावरण सिर्जना भएको छ ।

भारतले मे ७ र ८ तारिख राति पाकिस्तानबाट प्रक्षेपण गरिएका धेरै ड्रोन र मिसाइल आक्रमणहरू नष्ट गरिएको दाबी गरेको छ । त्यसपछि, मे ८ तारिख अर्थात् बिहीबार भारतले लाहौरस्थित एक हवाई सुरक्षा प्रणाली नष्ट गरिएको घोषणा गरेको छ, यद्यपि पाकिस्तानले यसको पुष्टि गरेको छैन । 



  • प्रकाशित मिति : २६ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया