२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

विद्युत् प्राधिकरणको हिसाबकिताबको लागि सभामुखसँग रुलिङको माग

नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् । 


शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्योल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनी सभामुख समक्ष माग गरेका हुन् । 



उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडिया मार्फत जानकारी गराउनु भएका विद्युत् प्राधिकरणका आम्दानी र खर्चका विवरणले आम जनतामा र सबैमा अन्योल सिर्जना गरेको छ त्यसैले नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे यस सदनलाई जानकारी गराउनको लागि सरकारलाई रुलिङ होस भनी सभामुख समक्ष अनुरोध गर्दछु ।’

उनले गोरखा र धादिङ जिल्लाको बीचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलाशययुक्त बुढी गण्डकी जलविद्युत परियोजना यही आर्थिक वर्ष ८२, ८३ देखि निर्माण सुरु गरियोस् भनी सरकारसँग माग पनि गरेका छन् ।





  • प्रकाशित मिति : २६ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया