२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

पार्टीको आन्तरिक द्वन्द्वले गभर्नर नियुक्ति भएन, सरकारकै कारण अर्थतन्त्र तहसनहस बन्न सक्छ : प्रभु शाह

आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गभर्नर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।


शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमै रहेका पार्टीको आन्तरिक द्वन्द्वका कारण गभर्नर नियुक्ति नभएको कुरा छ्यापछ्याप्ती आइरहेकोले यस्तो मनपरी गर्न नहुने बताएका हुन् ।



उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गभर्नर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तरिक द्वन्द्वका कारण गभर्नर नियुक्ति नभएको कुरा छ्यापछ्याप्ती आइरहेको छ । यस्तो मनपरीले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु ।’

साथै, उनले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो भन्दा विडम्बना के हुन्छ भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिति रहेको बताए ।  



उनले भने, ‘बैंकरहरूको मनमानीले लुटले आज बैंकहरू अस्तव्यस्त भएका छन् । एकातिर  आम जनताले  कर्जा पाइराखेको छैन भने अर्कोतिर  बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिति छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो  भन्दा विडम्बना के हुन्छ ?’ 



  • प्रकाशित मिति : २६ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया