१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

भारतको रक्षा मन्त्रालयको निर्देशन- अनुमतिबिना सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्नू

भारत–पाकिस्तानबीचको बढ्दो तनावका बीच रक्षा मन्त्रालयले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर्न निर्देशन दिएको छ । मन्त्रालयले संवेदनशील जानकारी समयभन्दा पहिले सार्वजनिक हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको सुरक्षामा खतरा पैदा हुने चेतावनी दिएको हो ।


कारगिल युद्ध, मुम्बई हमला (२००८) र कन्दार अपहरण (१९९९) जस्ता घटनामा अनियन्त्रित रिपोर्टिङबाट समस्या उत्पन्न भएको उदाहरण दिँदै मन्त्रालयले आतंकवाद विरोधी अभियानका बेला केवल आधिकारिक स्रोतबाट आएको जानकारी मात्र प्रकाशित/प्रसारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ ।



‘राष्ट्रको सेवामा जिम्मेवार पत्रकारिताको उच्चतम मानक अपनाउन सबैलाई आग्रह छ,’ मन्त्रालयले भनेको छ । सुरक्षा कारबाहीबारे आधिकारिक पुष्टि नभएसम्म जानकारी गोप्य राख्न पनि मन्त्रालयले आग्रह गरेको छ । 





  • प्रकाशित मिति : २६ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया