२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

श्रीलंकामा सेनाको हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु

श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुँदा ६ जना सैन्य कर्मचारीको मृत्यु भएको छ ।


वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकोप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । अन्य ६ जना घाइतेको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताए । 



यसअघि गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए । 

श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।   





  • प्रकाशित मिति : २६ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया