भारतका विदेश सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि भारतले केवल पाकिस्तानस्थित आतंकवादी पूर्वाधारमाथि लक्षित जवाफ दिएको स्पष्ट पारेका छन् ।
शुक्रबार प्रेस ब्रिफिङमा बोल्दै मिस्रीले भारतको जवाफ संयमित, सटिक र सैन्य अखडामाथि नभइ आतंकी समूहहरूमाथि मात्र केन्द्रित रहेको बताए ।
दुई साताअघि जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मा ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको थियो, जसलाई पाकिस्तानस्थित लश्कर–ए–तोइबाको मोर्चा मानिन्छ ।
भारतले सो घटनाको प्रतिउत्तरमा पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको थियो । त्यसयता भारत–पाकिस्तानबीचको तनाव चुलिएको छ ।
मिस्रीले पाकिस्तानलाई आतंकवादको केन्द्रविन्दु भन्दै अन्तर्राष्ट्रिय समुदायलाई झुक्याउने प्रयास नगर्न चेतावनी पनि दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।