२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने अनुमान

जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेसनले आर्थिक वर्ष सन् २०२५ मा आफ्नो खुद नाफा ३४.९ प्रतिशतले घटेर ३.१ ट्रिलियन येन (लगभग २१.६ अर्ब अमेरिकी डलर) पुग्ने अनुमान गरेको छ । 


कम्पनीका अनुसार यस गिरावटको मुख्य कारण अमेरिकी भन्सार दरमा वृद्धि र येनको अमेरिकी डलरसँगको मूल्यवृद्धि हो ।



टोयोटाले चालू आर्थिक वर्षमा (२०२५ मार्चसम्म) ४८.५ ट्रिलियन येनको रेकर्ड बिक्री हुने अपेक्षा राखेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढी हो। यद्यपि, सञ्चालन नाफा भने २०.८ प्रतिशतले घटेर ३.८ ट्रिलियन येन हुने बताइएको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४.७७ ट्रिलियन येन नाफा कमाएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कम हो । सोही अवधिमा बिक्री ६.५ प्रतिशतले बढेर ४८.०४ ट्रिलियन येन पुगेको थियो ।



टोयोटाका अध्यक्ष तथा सिईओ कोजी सातोले अमेरिकी भन्सारको असर अप्रिल र मे २०२५ मा झण्डै १८० अर्ब येनको नाफामा घाटा हुने अनुमान गरिएको बताए ।  

येनको मूल्यवृद्धिले पनि कम्पनीको नाफामा ठूलो असर पार्ने अपेक्षा गरिएको छ । यो परिवर्तनले कम्पनीको सञ्चालन नाफामा ७४५ अर्ब येनको कमी ल्याउनेछ ।  



  • प्रकाशित मिति : २६ वैशाख, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया