भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानतर्फबाट भारतमा ठूलो संख्यामा ड्रोन घुसपैठको प्रयास भएको दाबी गरेको छ ।
कर्नेल सोफिया कुरैशीका अनुसार पाकिस्तानी सेनाले भारतीय सैन्य पूर्वाधारलाई निशाना बनाउँदै लेहदेखि सर क्रिकसम्म ३६ स्थानमा ३००-४०० ड्रोन पठाएको थियो ।
भारतीय सुरक्षा बलले ती ड्रोनलाई काइनेटिक र गैरकाइनेटिक माध्यमबाट खसालेको बताइएको छ । कुरैशीका अनुसार घुसपैठको उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी संकलन गर्नु हुनसक्ने देखिन्छ ।
प्रारम्भिक जाँचमा ती ड्रोन टर्कीमा निर्मित भएको संकेत मिलेको पनि उनले जानकारी दिइन् । पाकिस्तानका रक्षामन्त्रीले भने आक्रमणसम्बन्धी दाबी अस्वीकार गरिसकेका छन् ।
यो पनि
पाकिस्तानले भन्यो- हामीले आक्रमण गरेका छैनौँ, भारतले राजनीतिक लाभका लागि प्रचार गर्यो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।