जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मुमा पूर्ण ब्ल्याकआउट भएको र सहरभरि साइरनको आवाज सुनिएको बताएका छन् ।
उनी सामाजिक सञ्जाल एक्समार्फत लेख्छन्, ‘जम्मुमा ब्ल्याकआउट छ । सहरभरि साइरन बजिरहेको छ ।’
यसअघि बिहीबार राति पनि पाकिस्तानसँग सीमा जोडिएका केही जिल्लामा गोलाबारी र विद्युत् अवरोध भएको रिपोर्ट आएको थियो ।
स्थिति थप जटिल नहोस् भन्ने उद्देश्यले आज साँझदेखि सीमावर्ती धेरै जिल्लामा सुरक्षाका कारण ब्ल्याकआउट गरिएको जनाइएको छ । सुरक्षासम्बन्धी उच्च सतर्कताका साथ सैन्य गतिविधि तीव्र पारिएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।