भारत–पाकिस्तानबीचको बढ्दो तनावका बीच जम्मु, साम्बा र पठानकोटमा ड्रोन गतिविधि देखिएको समाचार सार्वजनिक भएको छ ।
समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै ती सीमावर्ती क्षेत्रमा ड्रोन देखिएको जनाएको हो । उता बीबीसीका पत्रकार रविन्द्रसिंह रोबिनले अमृतसरमा ठूलो विस्फोटको आवाज सुनिएको जानकारी दिएका छन् ।
बीबीसी पञ्जाबस्थित पत्रकारका अनुसार फिरोजपुरका बासिन्दाले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको बताएका छन् । त्यसको पुष्टि त्यहाँका एक वरिष्ठ प्रशासनिक अधिकारीले समेत गरेका छन् ।
विकसित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चण्डीगढ प्रशासनले बजार साँझ ७ बजेदेखि पूर्णरूपमा बन्द गर्न आदेश दिएको पत्रकार नवजोत कौरले जनाएकी छन् ।
स्थिति थप चर्किन सक्ने आशंकामा भारतको उत्तरी भू-भागमा सतर्कता उच्च बनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।