२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

परराष्ट्र र श्रम मन्त्रालयले काम गर्न नसक्ने भए मन्त्रालय नै चाहिएन : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरू विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् । 


‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने । 



उनले विदेशी भूमिको युद्धहरू नेपालीहरू पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए ।   
उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजराइलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिबी हो यो कस्तो बेरोजगारी हो । सरकार मौन छ ।’

उनले विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सले नै सांसदहरू, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूले तलब पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए । 



‘आज हामी सांसदहरू, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलब विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ । हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र । यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरू ठगीमा परेका छन् । यदि मन्त्रालयको काम हुँदैन भने मन्त्रालयको काम छैन,’ उनले भने । 



  • प्रकाशित मिति : २८ वैशाख, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया