१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

ट्रम्पलाई टर्की भ्रमण गर्न जेलेनस्कीको आग्रह, होला रुस-युक्रेन वार्ता ?

टर्कीलाई रुस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने अवसर खोज्न आग्रह गरेका छन् ।


एक भिडियो सन्देशमा युक्रेनी राष्ट्रपतिले वार्ताका लागि टर्की जान तयार रहेको बताए । 



एक्समा पोस्ट गरिएको सन्देशमा जेलेन्स्कीले ‘रुसी गोलाबारी र आक्रमणहरू जारी रहेको’ पनि आरोप लगाए । युक्रेनले कूटनीतिलाई समर्थन गरेको उल्लेख गर्दै उनले अमेरिकी राष्ट्रपतिले बैठकलाई समर्थन गर्ने र यसमा सहभागी हुने अवसर पाउने आशा व्यक्त गरे ।

‘युक्रेनले सधैँ कूटनीतिलाई समर्थन गरेको छ । म टर्की जान तयार छु । दुर्भाग्यवश, विश्वले अझै युद्धविरामका लागि गरिएका धेरै प्रस्तावका बारेमा रूसबाट स्पष्ट जवाफ पाएको छैन,’ उनले भने, ‘रूसी गोलाबारी र आक्रमणहरू जारी छन् । प्रत्यक्ष बैठकको प्रस्तावबारे मस्को दिनभर मौन रहेको छ । एक विचित्र मौन । एउटा या अर्को तरिकाले, रूसले यो युद्ध अन्त्य गर्नुपर्नेछ – र जति चाँडो, त्यति राम्रो । हत्या जारी राख्नुको कुनै अर्थ छैन ।’



राष्ट्रपति एर्दोगान (टर्कीका राष्ट्रपति) ले बैठकको आयोजना गर्न पूर्ण तयारी व्यक्त गर्नुभएको छ भन्दै उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले बैठकलाई पूर्ण समर्थन गर्नु महत्त्वपूर्ण छ र हामी उहाँले टर्की आउने अवसर खोज्न सक्षम हुनुहोस् भन्ने चाहन्छौँ ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गर्दै मे १५ (जेठ १ गते) देखि नै ढिलाइ नगरी वार्ता सुरु गर्नुपर्ने बताएका छन् ।



  • प्रकाशित मिति : ३० वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया