संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बसेको छ । बैठक बिहान ११ बजेदेखि जारी छ ।आजको बैठकमा गत मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन– २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन– २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।